२ कार्तिक २०८३, सोमबार

पोखरामा कोरोना आशंका गरिएका ३ जनाको रिपोर्ट नेगेटिभ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ चैत । कोरोना संक्रमणको आशंकामा पोखरामा गरिएकाे ३ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार उनीहरुमा कोरोना भाइरस संक्रमण नदेखिएको हो । पिसिआर मेसिनले उनीहरुको स्वाब जाँच गरिएको थियो ।

ती तीनजनाको रिपोर्टमा विभागले जाँचेको र निर्देशनालयले जाँचेको रिपोर्टमा केही फरक नआएको बताइएको छ ।

कोरोना जाँच गर्ने मेसिन हिजो मात्रै हेलिकप्टरबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो ।