२ कार्तिक २०८३, सोमबार

फिर्ता भए लकडाउनमा फँसेका ३ सय २ अमेरिकी नागरिक

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ चैत । नेपालमा लकडाउनका कारण असहज परिस्थितिको सामना गरिरहेका अमेरिकी नागरिक फिर्ता भएका छन् ।

अमेरिकाले नेपालमा रहेका ३ सय २ जना अमेरिकीलाई स्वदेश फिर्ता लगेको हो । विभिन्न उद्देश्यका लागि नेपाल आएका उनीहरुलाई मंगलबार कतार एयरवेजमार्फत फिर्ता लगिएको हो ।

नेपालमा देशव्यापी लकडाउन घोषणा भएपछि उनीहरु विभिन्न ठाउँमा फँसेका थिए । सरकारले काठमाडौँ ल्याएर अमेरिका फिर्ता पठाएको हो ।

नेपालका लागि अमेरिकी राजदूतवासले सयौँ घण्टाको मिहिनेतपछि उनीहरुलाई काठमाडौं ल्याएर फिर्ता पठाइएको बताएका छन् ।

दूतावासले अ‍ेमेरिकी नागरिकलाई फिर्ता गर्न सहयोग गर्ने नेपाल सरकार, पर्यटन बोर्डलगायतलाई धन्यवाद दिएको छ ।