४ कार्तिक २०८३, बुधबार

कोरोना रोकथाम कोषमा बद्री पंगेनीबाट ५० हजार सहयोग

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । चर्चित लोक गायक बद्री पंगेनीले कोरोना भाइरस रोकथामका लागि सरकारले खडा गरेको कोषमा ५० हजार रुपैंया सहयोग गरेका छन् ।

विश्वमा नै आतंक मच्चाइरहेको कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले चालेको कदममा ऐक्यबद्धता जनाउँदै वरिष्ठ गायक पंगेनीले ५० हजार रुपैंया सहयोग गरेका हुन् ।

राष्ट्रिय बाणिज्य बैंकमा रहेको सरकारी कोषको खातामा नगद जम्मा गरेको पंगेनीले दैनिक नेपाललाई जानकारी दिए । सरकारले गत साता ५० करोडको कोष स्थापना गर्दै सहयोगका लागि सबैमा अपिल समेत गरेको थियो ।

चर्चित गायक पंगेनी लोक तथा दोहोरी कलाकारहरुको छाता संगठन राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष पनि हुन् ।