४ कार्तिक २०८३, बुधबार

काेराेनाकाे लकडाउनले ऋतिक र सुजैनकाे सम्बन्ध सुध्रियाे

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेता ऋतिक रोशन र सुजैन खान अलग्गिएको धेरै समय बितिसक्यो । यी दुईको सम्बन्धमा अहिले पनि खास दूरी छैन ।

सामाजिक सञ्जालमार्फत ती दुईले एकअर्कालाई समर्थन गरिरहेको देखिन्छ । आफ्ना सन्तानका लागि यी दुई धेरैजसो समय सँगै पनि देखिन्छन् ।

यसपटक कोरोना भाइरसको लकडाउनले यिनीहरू एकै छतमुनि सँगै बस्ने भएका छन् । मोदी सरकारले लागू गरेको २१ दिनसम्म यी एकै घरमा लकडाउन हुनेछन् ।

ऋतिक रोशनले पूर्व श्रीमती सुजैनको तारिफ गर्दै तस्बिरसहित पोस्ट सेयर गरेका छन् । सन्देशमा उनले सुजैन आफ्ना सन्तानका लागि केही समयका लागि घर फर्किएको जानकारी दिएका छन् ।

ऋतिकले लेखेका छन्, ‘जब देश लकडाउनको स्थितिबाट गुज्रिरहेको छ। यस्तो समयमा आफ्नो सन्तानसँग अलग हुनेबारे सोच्नु अभिभावकका लागि अकल्पनीय हो ।’

ऋतिकले अगाडि लेखेका छन्, ‘यो प्यारी सुजैनको एउटा तस्बिर हो जसले आफ्नो घरबाट अस्थायी रूपमा बाहिर आउने निर्णय लिएकी छन् ताकि हाम्रा दुई सन्तान हामीमध्ये कसैसँग पनि डिस्कनेक्ट महसुस नगरून् ।’

ऋतिकले थपे, ‘यति सपोर्टिभ र स्थिति बुझ्ने कोसिस गरेकोमा सुजैन तपाईंलाई धन्यवाद। हाम्रा बच्चाले त्यो कथा बताउनेछन् जुन हामीले उनीहरूका लागि बनाउनेछौं । म आशा गर्छु, हामी आफ्नो र आफ्ना प्रियजनको स्वास्थ्यको रक्षा गर्न हामी सबैले खुल्ला मनले प्रेम, सहानुभूति, साहस, शक्ति व्यक्त गर्न आफ्नो तरिकाको खोजी गर्नेछौं ।’

स्मरण रहोस् सम्बन्धविच्छेदका बेला ऋतिकले सुजैनलाई निकै ठूलो धनराशि दिएका थिए। मोडलिङमा रुचि राख्ने सुजैन इन्टेरियर डिजाइनर हुन् ।