२ कार्तिक २०८३, सोमबार

तनहुँमा ७१ मजदूरको उद्धार

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

दमौली, १५ चैत । तनहुँको व्यास नगरपालिका–२ मा अलपत्र परेका मजदूरलाई वडा कार्यालयको पहलमा आज उद्धार गरिएको छ । दमौली बजारमा विभिन्न क्षेत्रमा काम गर्ने मजदूरलाई वडा कार्यालयको समन्वयमा उद्धार गरेर घर पठाइएको हो ।

उनीहरुलाई दुई बसमा रौतहटको गौर र बाराको वीरगन्ज पठाइएको वडाध्यक्ष काशीराम श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार ३६ जनालाई गौर र ३५ जनालाई वीरगञ्ज पठाइएको छ ।

“लकडाउनका कारण काम नभएपछि दमौलीमा अलपत्र परेका उनीहरु घर जान चाहेकाले प्रशासन कार्यालयसँग समन्वय गरेर घर पठाइएको हो”, श्रेष्ठले भन्नुभयो, “थप मजदूरलाई भोलि पनि उद्धार गरेर पठाउँछौ ।”

आइतबार गौर जानका लागि २२ मजदूरको नाम सङ्कलन भइसकेको छ । “वडा नं २ मा अलपत्र परेर बसेका सबै मजदूरलाई उद्धार गरेर घरतर्फ पठाउने व्यवस्था मिलाएका छौ,” श्रेष्ठले भन्नुभयो ।

उहाँले वडाभित्रका विपन्न मजदूरलाई लक्षित गरी राहत प्याकेज समेत ल्याउने तयारी गरेको जानकारी दिनुभयो । –रासस