१ कार्तिक २०८३, आइतबार

पछिल्लो २४ घण्टामा स्पेनमा ८ सय कोरोना संक्रमितको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ चैत । स्पेनमा कोरोना भाइरसको संक्रमणबाट ५ हजार ६९० जनाको मृत्यु भएको छ । स्पेनमा हालसम्म ७२ हजार २ सय ४८ जना कोरोना संक्रमित हुँदा पछिल्लो २४ घण्टामा ८ सय जनाको मृत्यु भएको हो ।

बीबीसीका अनुसार त्यहाँ १२ अप्रिलसम्म आपतकाल घोषणा गरिएको छ भने सम्पूर्णरुपले लकडाउन गरिएको छ ।कोरोनाबाट इटालीपछि सबभन्दा बढी प्रभावित मुलुक स्पेन बनेको छ ।

त्यहाँ स्पेनी सेनलाई हस्पिटलको सरसफाइ तथा कोरोना रोकथामका लागि खटाइएको छ ।

त्यहाँ पनि आवश्यक उपकरणहरुको अभाव भएको गुनासो स्वास्थ्यकमीहरुले गरिरहेका छन् ।