
काठमाडौँ, १५ चैत । सरकारले अब आधामात्रै सिलिन्डर बिक्री गर्न निर्देशन दिएको छ । त्यसअनुरुप डिलरहरूले आइतबार दिउँसो १ बजेपछि १४.२ केजी ग्यास भरिएको ग्यास सिलन्डर मौज्दात राखे कारवाही हुने भएको छ ।
नेपाल आयल निगमले डिलरहरुले आफूसँग भएको पूरा भरिएका ग्यास सिलिन्डर आइतबार १ बजेअघि बेचिसक्न निर्देशन दिएको छ ।
निगमले पूरा भरिएको सिलिन्डर निर्धारित समयमा बिक्री नभए उद्योगलाई फिर्ता गर्न निर्देशन दिएको छ । डिस्ट्रब्युटरले भण्डारण गरे कारवाही गरिने निगमले चेतावनी पनि दिएको छ ।
त्यस्तै, निगमले उद्योगीहरूलाई एक–अर्का कम्पनीको सिलिन्डर भरी आपूर्ति व्यवस्था गर्न सक्ने सुविधा पनि दिएको छ ।
निगमबाट अर्को व्यवस्था वा निर्देशन नभएसम्मका लागि ग्यास व्यवसायीले आपसमा सहमति गरेर यसो गर्न सक्ने सुविधा प्रदान गरिएको निगमले जनाएको छ ।















प्रतिक्रिया