
काठमाडौँ, १५ चैत । कोरोना भाइरस संक्रमणको उपचारका लागि आवश्यक सामाग्री लिन नेपालगञ्जका लागि काठमाडौँबाट उडेको नेपाल वायु सेवा निगमको जहाज दुर्घटना भएको छ ।
विमान नेपालगञ्ज विमानस्थलमा अवतरण गर्दा धावनमार्ग भन्दा बाहिर गएपछि दुर्घटनाग्रस्त भएको हो ।
शनिबार दिउँसो जहाज अवतरणका क्रममा उछिट्टिएर विमानस्थलको धावनमार्गभन्दा बाहिर गएको बीबीसीले जनाएको छ ।
जहाजमा सवार चालकदलसहित पाँचै जना सुरक्षित रहेका छन् । दुर्घटनाका कारणबारे अनुसन्धान गर्न निगमको इन्जिनियरको टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ ।
अब कोरोनाको उपचारसम्बन्धी सामाग्री लिन अर्को जहाज पठाइने भएको छ । दुर्घटनाको छानविनपछि मात्रै विमान हटाइने भएको जनाइएको छ ।
नाइन एन एकेयु कलसाइन भएको उक्त विमान अवतरणको क्रममा धावनमार्गबाट केही मिटर पर उछिट्टिएको थियो ।















प्रतिक्रिया