१ कार्तिक २०८३, आइतबार

उपचारपछि पार्टी दिने कोरोना संक्रमितमा पुनः संक्रमण

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १४ चैत । पाकिस्तानमा एकजना व्यक्तिले कोरोनाको उपचारपछि १०० जनालाई बोलाएर पार्टी गरे ।

त्यसपश्चात पुनः उनलाई कोरोनाको लक्षण देखिपछि पुनः परीक्षण गर्दा कोरोनाको संक्रमण पुष्टि भएको द फाउक्सीले जनाएको छ ।

पाकिस्तानको रावलपिन्डीका उनलाई सुरुमा संक्रमणपछि दुई हप्ता उपचार गरेर निको भएपछि कोभिड १९ परीक्षण गर्ने किट बचाउन नेगेटिभ परीक्षण नगरी डिस्चार्ज गरिएको थियो ।

निको भएपछि उनले आयोजना गरेको पार्टीमा अर्का एक व्यक्तिमा कोरोना संक्रमण रहेको र फेरि ति निको भइसकेको व्यक्तिमा सरेको जनाइएको छ ।

पाकिस्तानमा १२ सयभन्दा बढी संक्रमित छन् भने ९ जनाको कोरोनका कारण मृत्यु भइसकेको छ ।