२ कार्तिक २०८३, सोमबार

सरकारले लकडाउनको अवधि बढाउने संकेत

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १४ चैत । नेपालमा लकडाउनको अवधि बढाउन सरकारले तयारी थालेको छ । एक साताका लागि लगाइएको लकडाउन क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको अन्तिम स्वास्थ्य जाँच रिपोर्ट नआएसम्म यथावत राखिने गृह मन्त्रालयले संकेत गरेको छ ।

मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई क्वारेन्टाइनमा बसेकाको पूर्ण रिपोर्ट नआइन्जेलसम्म लकडाउनलाई निरन्तरता दिन निर्देशन दिएको हो ।

कोरोना भाइरस (कोभिड १९) रोग रोकथाम तथा नियन्त्रणसम्वन्धी उच्चस्तरीय समन्वय समितिले अहिलेकै अवस्थामा लकडाउन खुल्ला गर्ने अवस्था नरहेको जनाएको छ ।

समितिले उद्योगी र व्यवसायीलाई सुरक्षा तथा दैनिक उपभोग्य वस्तुको सहज व्यवस्थापनका लागि जानकारी गराइसकेको जनाएको छ ।

कोरोनाको संक्रमण जोखिमलाई ध्यानमा राखेर सरकारले चैत ११ गतेदेखि १८ गते बिहानसम्म लकडाउन घोषणा गरेको थियो ।

नेपालले लकडाउन गरेको भोलिपल्टै भारतले कोरोना संक्रमण फैलन नदिन २१ दिनका लागि लकडाउन गरिसकेको छ ।