१ कार्तिक २०८३, आइतबार

सिंगापुरमा दुई जनाबीचको दूरी एक मिटर नराखे ६ महिना जेल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ चैत । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस९कोभिड–१९० को संक्रमण रोकथाम र नियन्त्रणका लागि सिंगापुरले कडा कदम चालेको छ ।

सिंगापुरले आजदेखि लागू हुनेगरी कडा नियम ल्याएको छ। अब सिंगापुरको सार्वजनिक स्थानमा दुई जना व्यक्तिबीचको दूरी एक मिटर कायम नगरे १० हजार सिंगापुर डलर जरिवाना अथवा ६ महिना जेल वा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ।

सिंगापुरको स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार शुक्रबार बिहानैदेखि यो नियम कार्यान्वयनमा आइसकेको छ। त्यस्तै सिंगापुर सरकारले बिनाकाम १० जनाभन्दा बढी भेला नहुन पनि सबैलाई निर्देशन दिएको छ।

कोरोना नियन्त्रणका लागि सिंगापुर सरकारले चालेका कदम प्रभावकारी भएको बताइएको छ। शुक्रबार बिहानसम्म सिंगापुरमा ६८३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।

त्यसमध्ये १७२ जना निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। सिंगापुरमा कोरोना संक्रमणबाट अहिलेसम्म २ जनाको मात्रै मृत्यु भएको छ।