३ कार्तिक २०८३, मंगलबार

एनआरएन केन्द्रीय कार्यालयको प्रधानमन्त्रीबाट शिलान्यास (हेर्नुस् तस्वीरहरु)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Koirala-NRN-Program4

काठमाडौँ, २५ फागुन। गैरआवासीय नेपाली संघ (एनआरएन) को केन्द्रीय कार्यालयको काठमाडौँमा शिलान्यास गरिएको छ ।

काठमाडौँको बालुवाटारमा प्रधानमन्त्री सुशील कोइरालाले विशेष समारोहका बीच एनआरएनको भवन शिलान्यास गर्नुभएको हो । एनआरएनले केही समयअघि मात्रै तीन रोपनी क्षेत्रफल जग्गा १३ करोड रुपैंयामा खरिद गरेको थियो । भवन निर्माणका लागि २० करोड रुपैंया खर्च लाग्ने एनआरएनका अध्यक्ष शेष घलले जानकारी दिनुभयो । उहाँका अनुसार, अहिलेसम्म ७ करोड नगद जम्मा भइसकेको भने १९ करोड रुपैंयाको प्रतिबद्धता प्राप्त भएको छ ।

समारोहमा प्रधानमन्त्री कोइराला, सभामुख सुवासचन्द्र नेम्वांग, नेकपा एमालेका महासचिव इश्वर पोखरेल, वाणिज्यमन्त्री सुनिल थापा, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डे लगायतले एनआरएनले देशलाई पुराएको योगदानको प्रशंसा गर्नुभएको थियो ।

यसैगरी, एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो र निवर्तमान अध्यक्ष जीवा लामिछानेले विदेशमा रहेका नेपालीहरुले समृद्ध नेपाल देख्न चाहेको बताउनुभयो । भवन शिलान्यास समारोहमा भाग लिन विभिन्न मुलुकबाट गैरआवासीय नेपालीहरु नेपाल आएका छन् ।

भवन निर्माण समारोहका केही तस्वीरहरु:

Sushil-Koirala-NRN-Program1Sushil-Koirala-NRN-ProgramNRN-Building3NRN-Building4

NRN-Building2  Sushil-Koirala-NRN-Program3NRN-Building1