काठमाडौं, २५ फागुन । राजधानीमा अनौठो घटना सार्वजनिक भएको छ । आफ्नै श्रीमतीको घाटी रेटेर हत्या गर्ने श्रीमानले कानुनी कारवाहीबाट बच्न आफैले प्रहरीमा उजुरी दिएका छन् ।
उनले श्रीमतीको हत्या गरिएको भन्दै अनुसन्धानका लागि आफैले प्रहरीलाई बोलाएका थिए । फलाम काट्ने ठुलो ब्लेडले घाँटी रेटेर उनले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
काभ्रेको बोल्देफेदिचे घर भएका ३५ वर्षिय वाङदेल लामाले ओछ्यानमै सुतिरहेका बेला सिरकले छापेर ह्याक्सो ब्लेडले श्रीमती सानो कान्छी तामाङको घाटी रेटेर हत्या गरेका थिए ।
अभियुक्त वाङदेललाई महानगरीय प्रहरी अपराध महाशाखा हनुमान ढोकाले पक्राउ गरेको छ । ती व्यक्तीले होलीको दिन बेलुका श्रीमतीको हत्या गरेका थिए ।
टुकुचा बस्दै आएका उनले हत्यापछि बिष्णुमती खोलामा लगेर श्रीमतीलाई फालेका थिए । लाश फालेर आएपछि श्रीमती हराएको भन्दै घरमा अन्य व्यक्तिलाई खबर गरेका थिए ।
श्रीमतीको हत्या गरेपछि शव खोलामा भेटिएको भन्दै आफैंले आफ्नो श्रीमतीको हत्या भएको र अनुसन्धान गरिदिन भन्दै खबर गरेका थिए ।
प्रहरीले शंका नगरोस् भनेर उनले त्यसरी शंका गरेका थिए । प्रहरीका अनुसार श्रीमतीसँग उनको बारम्बार झगडा भइरहने र बिहिबार पनि झगडा भएकाले उनले हत्या गरेका हुन् ।
उनलाई थप अनुसन्धानका लागि प्रहरी परीसर पठाइएको छ । उनलाई कर्तव्य ज्यान मार्ने अभियोग अन्तर्गत कम्पतीमा पनि १५ वर्ष जेल सजाय हुने प्रहरीले जनाएको छ ।















प्रतिक्रिया