आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

सात सयभन्दा बढीको संक्रमणकाे परीक्षण

दैनिक नेपाल २०७६ चैत १४ गते ६:४४

काठमाडौं, १४ चैत । सरकारले मुलुकभरका लागि हब हस्पिटलका लागि छुट्टै फिवर क्लिनिक सञ्चालन गर्न प्रति अस्पताल १० लाख रुपियाँ उपलब्ध गराएको छ ।

विहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव यादव कोइरालाले अहिलेसम्म शंका लागेका ७ सयभन्दा बढी नमूनाको परीक्षण गरिएको र तीमध्ये ३ जनामा मात्रै कोरोना देखिएको जानकारी दिए ।

ज्वरो आउने, रुघा लाग्ने जस्ता लक्षण देखिएर कोरोनाका संकामा जाँचका लागि आएका बिरामीलाई राख्नका लागि छुट्टै फिवर क्लिनिक सञ्चालन गर्नुपर्ने बाध्यकारी व्यवस्था गर्दै सरकारले त्यसका लागि प्रति अस्पताल १० लाख रुपियाँ दिएको हो ।

सचिव यादव कोइरालाले हब अस्पताललाई छुट्टै फिवर क्लिनिक सञ्चालन गर्नुपर्ने व्यवस्था गर्दै ती अस्पताललाई १० लाख उपलब्ध गराईएको जानकारी दिए ।

त्यस्ता बिरामीको जाँचका लागि सरकारले आफ्नै ढंगको पीपीइको मापदण्ड बनाएको र सोही मापदण्ड अपनाउन भनिएको पनि उनले स्पष्ट पारे।

प्रतिक्रिया
सम्बन्धित