मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

नागढुङ्गा–कलङ्की सडकखण्डमा कीटनाशक औषधि छरियो

दैनिक नेपाल २०७६ चैत १३ गते १४:५६

सांकेतिक तस्वीर

काठमाडौँ, १३ चैत । काठमाडौँ प्रवेशको मुख्यद्वार नागढुङ्गा–कलङ्की सडकखण्डमा कीटनाशक औषधि छरिएको छ ।

चन्द्रागिरि नगरपालिका र थानकोटस्थित नेपाली सेनाको टोलीले आज नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा ‘हाइड्रो क्लोराइड’ नामक कीटनाशक औषधि छर्केका हुन् ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले कोरोना रोग नियन्त्रणका लागि केही हदसम्म सहयोग पुग्ने उद्देश्यले नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा कीटनाशक औषधि छर्किएको जानकारी दिनुभयो ।

“कीटनाशक औषधि छर्किएसँगै मुख्य राजमार्गमा हुने कीटाणु उड्न पाउँदैनन्”, उहाँले भन्नुभयो । नगरवासीलाई घरभित्र बस्न आह्वान गर्दै आज बिहानैदेखि नगरपालिकाभित्र माइकिङ गरिएको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले विदेशबाट आएका व्यक्तिको लगत सङ्कलनसमेत अगाडि बढाएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित