१ कार्तिक २०८३, आइतबार

कोराना संक्रमणबाट हंगेरीमा एकजना बेलायती कूटनीतिज्ञको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत ।  कोराना भाइरस(कोभिड–१९) को संक्रमणबाट हंगेरीमा एकजना बेलायती कूटनीतिज्ञको मृत्यु भएको छ ।

बेलायती विदेश मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार हंगेरीको राजधानी बुडापेस्टमा रहेको बेलायती दूतावासमा कार्यरत ३७ वर्षीय स्टिभन डिकको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको हो ।

दूतावासमा ‘डेपुटी हेड अफ मिसन’ का रुपमा कार्यरत स्टिभनको मृत्यु मंगलबार भएको बेलायती विदेश मन्त्रालयले जानकारी दिएको छ।

बेलायती विदेश सचिव डोमिनिक राबले स्टिभनको मृत्युले आफू निकै दुःखी भएको बताएका छन्। ‘स्टिभनको निधनको खबरले म अत्यन्तै मर्माहत भएको छु। यो दुःखद घडीमा म उनका बुवा स्टिभन र आमा क्यारोललाई समवेदना प्रकट गर्न चाहन्छु,’ राबले भने। स्टिभन गत हप्तादेखि अस्वस्थ भएको र स्वास्थ्य परीक्षण गराउँदा कोभिड-१९ को संक्रमण देखिएको थियो।