आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

मुस्ताङमा अलपत्र विदेश पर्यटकलाई काठमाडौं ल्याइदै

दैनिक नेपाल २०७६ चैत १३ गते १२:१८

काठमाडौं, १३ चैत । देशभर लकडाउन भएपछि मुस्ताङमा अलपत्र परेका विदेशीलाई काठमाडौं ल्याइदै छ । मुस्ताङ घुम्न गएका ७० जना विदेशी पर्यटकलाई उद्धार गरेर काठमाडौं ल्याउन लागिएको हो ।

काठमाडौं स्थित ब्राजिलको दूतावासले पनि आफ्ना नागरिकबारेमा चासो दिएका छन्। काठमाडौंस्थित फ्रान्सेली दूतावासले पोखरामा रहेका आफ्ना नागरिकको उद्धार गर्न विमान चार्टर गरेको छ।

पोखरा र आसपास घुम्न आएका आफ्ना नागरिकलाई उद्धार गर्न ७२ जना क्षमताको विमान चार्टर गरेको बुद्ध एयरको पोखरा स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए।

दूतावासका अनुसार अहिलेसम्म पोखरामा ४७ जना फ्रेन्च नागरिक सम्पर्कमा आएका छन्। यो संख्या बढेर ६० जना पुग्ने दूतावासको अनुमान छ।

प्रतिक्रिया
सम्बन्धित