२ कार्तिक २०८३, सोमबार

परराष्ट्रमन्त्री ज्ञवालीले बुझे विदेशमा रहेका नेपालीको अवस्था

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ चैत । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भिडियो कन्फेरेन्समार्फत विदेशमा रहेका नेपालीहरुको अवस्थाबारे जानकारी लिएका छन् ।

मन्त्री ज्ञवालीले वुधबार मलेशिया, जापान, दक्षिण कोरिया, इजरायल र दक्षिण अफ्रिकाका नेपाली नियोगका प्रमुखसँग भिडियो कन्फ्रेन्समार्फत कोरोनाको संक्रमण र त्यहाँका नेपालीको अवस्था बुझेका हुन् ।

भिडियो कन्फेरेन्समा उनले कोरोना सङ्क्रमणको स्थिति, सम्बन्धित मुलुकहरूमा रहेका नेपालीको अवस्था लगायत नेपालीहरूको रोजगारीमा पर्ने विषयमा छलफल गरेका हुन् ।

कन्फेरेन्समा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवको समेत उपस्थिति थियाे ।

कन्फ्रेन्समा विदेश नियोग प्रमुखहरूले सङ्क्रमणको अवस्था, त्यहाँको सरकारले सङ्क्रमण नियन्त्रणका लागि चालेका कदमहरू, नेपाली नागरिकहरूको अवस्था, दूतावासले नेपाली नागरिकलाई पुर्याइरहेका नियमित र आकस्मिक सेवालगायतका बारेमा जानकारी गराएका थिए ।