१ कार्तिक २०८३, आइतबार

न्यूयोर्कमा बुलेट ट्रेनको गतिमा कोरोना सङ्क्रमण फैलँदो

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । अमेरिकाको न्यूयोर्क राज्यका गभर्नर एन्ड्रू कोमोले कोभिड-१९ बुलेट ट्रेनु भन्दा तीव्र गतिमा फैलिरहेको भन्दै औषधोपचार सामग्रीको आपूर्तिका लागि अपील गरेका छन्।

मङ्गलवार पत्रकारहरूसँग बोल्दै उनले सङ्क्रमणको दर सोचेकोभन्दा उच्च र चाँडो भइरहेको बताए । सङ्घीय सरकारले आवश्यक सामग्री पठाउन नसकेको उनले गुनासो गरे।

सङ्घीय सरकारले चार ४०० वटा भेन्टिलेटर पठाएकोमा उनले आलोचना गरे। न्यूयोर्कमा ३०,००० वटा भेन्टिलेटरको खाँचो रहेकोमा अहिले त्यहाँ केवल ७,००० वटा रहेको उनले बताए।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मङ्गलवार अमेरिका कोरोनाभाइरस प्रकोपको अर्को केन्द्रबिन्दु बन्ने सम्भावना रहेको बतायो।-बीबीसी