२ कार्तिक २०८३, सोमबार

कोरोना संक्रमित युवती सवार विमानमा रहेका १५८ जनामध्ये १२५ जनासँग सम्पर्क

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ११ चैत । कोरोना भाइरस संक्रमित भएकी १९ वर्षीया युवती सवार भएको विमानमा रहेका १५८ जनामध्ये १२५ जनासँग सम्पर्क भएको जनाइएको छ । अरु बाँकीसँग पनि सम्पर्क स्थापित गर्ने कोसिस भइरहेको जनाइएको छ ।

फ्रान्सबाट चैत ४ गते कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सरकारले जनाएको थियो । उनको अहिले टेकु अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, उनीसँग कतारबाट काठमाडौँसम्म यात्रा गरेकाहरुको खोजी सुरु भएको छ । संक्रमित युवती ‘क्यूआर ६५२’ विमानबाट आएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार १५८ जना जम्मा यात्रुमध्ये १२५ जनासँग सम्पर्क भइसकेको छ । उनीहरुलाई स्वास्थ्य जाँच गरेर होम क्वारेन्टाइनमा बस्न भनिएको छ ।

अरुसँग सम्पर्क हुन बाँकी रहेको छ ।