३ कार्तिक २०८३, मंगलबार

मदिरा सेवन गरी कुटपिट गर्ने तीनजना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kutpitसप्तरी, २५ फागुन । होली पर्वको दिन मादकपदार्थ सेवन गरी सप्तरीको मानराजा गाविसमा कुटपिट गर्ने तीनजनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी–२ बस्ने २६ वर्षीय डम्बर यादव, २२ वर्षीय पङ्कज यादव, ३८ वर्षीयो शशि यादव र सानुप्रसाद यादवसहितका रहेको बताइएको छ ।

पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान भइरहेको बताइएको छ । मानराजा–७ स्थित बजारमा होलीको दिन स्थानीयवासी राजेशकुमार साहलाई मादकपदार्थ सेवन गरी कुटपिट गरेका थिए ।

यस्तै, विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भारदहको टोलीले सडकछेउमा पराल तथा घाँसपातले छोपी लुकाइराखेको सो समान बरामद गरेको हो ।

हार्डवेयरका सामानमा चारपाटे किला ७९६ केजी, नटबल्टु ठूला साना ६२४ केजी प्लेन्जर, ५८ पिस ९५० केजी० सहित ३४ बोरामा प्याक गरेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।