१ कार्तिक २०८३, आइतबार

भारतमा आज ‘जनता कर्फ्यु’

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । भारतमा आज कोरोना विरुद्व जनता कर्फ्यु जारी गरिएको छ । बिहान ७ बजेदेखि राति ९ बजेसम्म कर्फ्यु जारी रहने छ । निजी र सरकारी संस्थाहरुले बन्दको घोषणा गरेका छन् । सम्पूर्ण बजार बन्द रहने छ ।

भारतीय नागरिकलाई कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट जोगाउन यस्तो कदम चाल्नुपरेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।

उनले बिहीबार देशवासीको नाममा सम्बोधन गर्दै देशवासीलाई आफैं अलग्गै घरमा बस्न आह्वान गरेका थिए ।

भारतमा कोरोना भाइरसका कारण पाँच जनाको मृत्यु भएको छ भने, तीन सय ३० जना संक्रमित छन् ।