
-मनोज दाहाल
विराटनगर, ८ चैत । विराटनगर महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) प्रति सर्तकता अपनाउनका लागि साप्ताहिक रुपमा लाग्दै आएको हाटवजार आजदेखी वन्द गर्ने निर्णय गरेको छ ।
महानगरपालिकाका प्रमुख भीम पराजुलीको अध्यक्षतामा आज बसेको सर्वपक्षीय बैठकले चैत मसान्तसम्म हाटबजार वन्द गर्ने निर्णय गरेको छ ।
यस क्षेत्रमा लाग्ने हाटबजारमा मासुु जन्यपदार्थको खुल्ला विक्रीे र धेरै मानिसहरुको जमघट हुने भएकाले उच्च सर्तकता अपनाउन हाटवजार वन्द गर्ने निर्णय गरिएको प्रमुख पराजुलीले बताए ।
महानगरपालिका क्षेत्रभित्र साप्ताहिक रुपमा २० भन्दा वढी स्थानमा हाट वजार लाग्दै आएको छ ।
यसैगरी महानगरपालिकाले कोभिड–१९ को नियन्त्रण,सकमण र सर्तकता अपनाउन नगरका विभिन्न वडा र स्थानमा स्वास्थ्य सम्वन्धी जनचेतनामुुलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।
प्रदेश नं. १ को सरकार र महानगरपालिकाको सहकार्यमा उक्त कार्यक्रक्रम सञ्चालन भइरहेको महानगरपालिका प्रमुख पराजुलीले जानकारी दिए ।















प्रतिक्रिया