
काठमाडौँ, ७ चैत । कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या विश्वभरी १० हजार नाघेको पुष्टि भएको छ । यससँगै विश्वका सरकारहरूले मानिसको आवतजावतमाथि थप प्रतिबन्धहरू लगाइरहेका छन् ।
अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार सङ्क्रमितको सङ्ख्या विश्वभरि झण्डै दुई लाख ५० हजार पुगेको छ भने ८० हजार सङ्क्रमितहरूलाई निको भइसकेको छ ।
कोभिड १९ का कारण चीन, इटली र इरानमा मानिसहरुको ठूलो संख्यामा संक्रमण तथा मृत्यु भएको छ । तीन देशमा कारोना संक्रमणले मृत्यु हुनेको संख्या हजार नाघिसकेको छ ।
यद्यपि चिनमा थप नयाँ संक्रमितहरु नदेखिएको त्यहाँको सरकारले दोस्रो पटक जनाएको छ ।
त्यस्तै कोरोनाभाइरसको सङ्क्रमणका कारण चीनमा भन्दा इटलीमा धेरैको मृत्यु भएको पुष्टि बिहीवार भएको थियो ।
कोरोनाभाइरसको महामारीसँगै जुझ्न थुप्रै देशले विभिन्न खाले कदम चालिरहेका बेला विश्वव्यापी शेयर बजार स्थिर बन्न पुगेको छ ।
अमेरिकाको क्यालिफोर्निया राज्यमा भने कोरोनाभाइरस फैलिन नदिन भन्दै ४० लाख मानिसलाई घरभित्रै बस्न निर्देशन दिइएको छ । बीबीसीको सहयोगमा















प्रतिक्रिया