
-मनोज दाहाल
विराटनगर, ७ चैत । प्रदेश नं १ को सरकारले सङ्घीय सरकारलाई कोरोना भाइरस(कोभिड–१९) प्रति उच्च सतर्कता अपनाउन भारतसग सीमा जोडिएका विराटनगर र काकरभिट्टा वाहेक अन्य बन्द गर्न आज सुझाव दिएको छ
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर–१८ स्थित वुधनगरमा स्थापित एकीकृत भन्सार जाँचचौकीको आज अनुगमन एवं निरीक्षण पछि पत्रकारहरुसंग कुरा गर्दै प्रदेश अन्तर्गतका भारतसंग सीमा जोडिएका दुई वाहेक अन्य सवै छोटी नाका बन्द गर्न सुझाव दिएको जानकारी दिए ।
उनले नेपाली र भारतीय नागरिकलाई कोरोना भाइरसप्रति उच्च सर्तकता अपनाउनका लागि खुल्ला नाकालाई व्यवस्थित गर्न सुझाव दिएको र आगामी केही दिनभित्र कार्यान्वयन हुने विश्वास व्यक्त गरे । उनले यस सम्वन्धमा नेपाल र भारतवीच आवश्यक छलफल भइरहेको बताए ।
यसैगरी सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारको सहयोगमा जाँचचौकीमा भालि करोना भाइरस परीक्षणका लागि स्वास्थ्य चौकी स्थापना गरिने बताए ।
उनले लामो दुरीवाट आउने ट्रक तथा लहरीका चालक, सह चालकहरुको स्वास्थ्यप्रति ध्यान दिन र सकमण नफैलियोस भन्ने सर्तकताका लागि स्वास्थ्य चौकी स्थापना गर्न लागिएको जानकारी दिए ।















प्रतिक्रिया