२ कार्तिक २०८३, सोमबार

मेगा बैंकबाट दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामाग्री र कम्प्युटर

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ चैत । मेगा बैंक नेपाल लिमिटेडले काभ्रेका दृष्टिविहीन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र कम्प्युटर सहयोग गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मेगा बैंकले सपोर्ट टु फेलोशिप सोसाइटी नेपाल संस्थामार्फत काभ्रेको धुलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र कम्प्युटर प्रदान गरेको हो ।

मेगा बैंकका बनेपा शाखा प्रमुख राजेश्वर श्रेष्ठले दृष्टिविहीन विद्यार्थीहरुलाई कम्प्युटर, दृष्टिविहीन विद्यार्थीहरुले प्रयोग गर्ने विशेष कापी, कलम, झोला तथा बोर्ड हस्तान्तरण गर्नुभएको थियो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मेगा बैंकले विभिन्न जिल्लाका विद्यार्थीलाई सहयोग गर्दै आएको छ ।