३ कार्तिक २०८३, मंगलबार

एमाले अध्यक्ष ओली बिरामी, केही दिन घरमै आराम गर्न चिकित्सकको सुझाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-Oli

काठमाडौँ, २४ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि अस्वस्थ हुनुभएको छ ।

शारीरिक अस्वस्थताका कारण चिकित्सकको सल्लाहमा उहाँलाई अझै केही दिन निवासमै आराम गर्नुहुने भएको उहाँका निजी सचिव रमेश आचार्यले दैनिक नेपाल डटकमलाई जानकारी दिनुभयो ।

स्वास्थ्यमा सामान्य असरका कारण अध्यक्ष ओली शनिबार प्रधानन्त्री निवासमा भएको प्रमुख तीन दलको बैठकमा पनि सहभागी हुन सक्नुभएको थिएन । ओली रूघा–खोकीका समस्याबाट ग्रसित हुनुहुन्छ । चिकित्सकको परामर्शमा उहाँ बालकोटस्थित निवासमा आराम गरिरहनुभएको छ । चिकित्सकहरुले भीडभाडमा नजान सुझाव दिएका छन् ।