४ कार्तिक २०८३, बुधबार

जाेखिमसँग जुध्न सेनाको तयारी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । मुलुकभित्र कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुन नदिन र सम्भावित जोखिम सामना गर्न नेपाली सेनाले चेतनामूलकसहित विभिन्न गतिविधि अघि बढाएको छ।

सेनाले आवश्यक पर्दा परिचालन हुनेगरी स्वास्थ्यकर्मी, औषधि तथा उपकरण तयारी अवस्थामा राखेको र क्वारेन्टाइन सेन्टर निर्माणलाई पनि तीव्रता दिएको छ। कोरोनाको सम्भावित जोखिमको सामना गर्न जंगी अड्डामा विपद् व्यवस्थापन केन्द्र स्थापना गरिएको जानकारी सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले दिए।

करिब एक साताअघि कोरोना कार्यविधि तयार पारेको सेना अहिले वहालवालाबाहेक भूतपूर्व सैनिकलाई पनि संकटका बेला परिचालन गर्ने तयारी मिलाउन लागेको छ। त्यस्तै तालिम प्राप्त राष्ट्रिय सेवा दललाई पनि परिचालन गरिने जानकारी पाण्डेले दिए। ‘अहिले हामीसँग रहेको जनशक्ति तथा के–कति औषधि तथा उपकरण आवश्यक पर्छ भन्ने लगत संकलन गर्ने काम भइरहेको छ,’ उनले भने।

सेनाले काठमाडौंसहित नेपालगन्ज, पोखरा र इटहरीमा पनि क्वारेन्टाइन गृह निर्माण गरेको छ। पाण्डेका अनुसार पूर्वी पृतनाअन्तर्गत उदयपुरमा दुई सय शड्ढयाको क्वारेन्टाइन केन्द्र निर्माण भइरहेको छ ।

मोरङको टाँडीमा दुई सय चार शड्ढयासहितको क्वारेन्टाइन केन्द्र तयार पारिसकिएको छ। झापास्थित कृषि परीक्षण केन्द्रको भवनमा पनि ४० शड्ढयाको क्वारेन्टाइन केन्द्र निर्माण गरिएको छ। सेनाले सबै पृतना, बाहिनी र गणमा क्वारेन्टाइन सेन्टर बनाउन टेन्ट उपलब्ध गराएको छ ।

विभिन्न पृतना, बाहिनी र गणमा गरी करिब ५२ स्थानमा मेडिकल युनिट स्थापना तयारी भइरहेको पनि सेनाले जनाएको छ। सेनाले एम्बुलेन्सहरूलाई पनि तयारी अवस्थामा राखेको छ। सेनाले आन्तरिक खर्चबाट आवश्यक तयारी गरिरहेको जनाएको छ। नागरिक दैनिकले खबर छापेकाे छ ।