२ कार्तिक २०८३, सोमबार

मोबाईल टपअपमा गर्दा २५% को क्यासब्याक

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ चैत । “प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मूल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकल आफ्नो मोबाईल बैकिङ एपबाट टपअप गर्दा २५% क्यासब्याक प्रदान गर्ने भएको छ ।

एफ वान सफ्टको सहकार्यमा सीमित अवधिको लागि यो योजना ल्याएको हो । यो सुविधा मोबाईल बैकिङ्ग एपबाट पहिलो पटक टपअप गर्ने ग्राहकले मात्र प्राप्त गर्ने छन् ।

काठमाडौँ – ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२३ वटा शाखा तथा ६४ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, सी-एएसबीए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।