२ कार्तिक २०८३, सोमबार

एक सातासम्म प्रतिनिधिसभा बैठक स्थगित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ६ चैत । भोलिका लागि निर्धारण भएको प्रतिनिधिसभाको बैठक एक साताको लागि स्थगित गरिएको छ । बैठक यही चैत १३ गतेका लागि तोकिएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा केहीबेर अघि भएको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभाको बैठक आगामी बिहीबार गर्ने निर्णय गरेको हो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ विरुद्धको सतर्कता अपनाउने सन्दर्भमा बैठकको मिति अर्को साता बस्नेगरी सारिएको हो । कोरोनाको जोखिमलाई दृष्टिगत गरी गत बिहीबारदेखि उक्त सभाको बैठक स्थगन भएको जनाइएको छ ।