
काठमाडौँ, ६ चैत । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै लोकसेवा आयोगले चैतमा लिने परीक्षा स्थगित गरेको छ । आयोगको बिहीबार बसेको बैठकले चैत ८ गतेदेखि चैत मसान्तसम्मका आयोगका सबै लिखित परीक्षा स्थगित गरिएको जनाएको छ ।
आयोगले विज्ञप्ति जारी गर्दै लोक सेवा आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको जनाएको छ ।
त्यस्तै यसअघि नै विश्वविद्यालयहरुले पनि पठनपाठनसहित सबै परीक्षाहरु स्थगत गरिएको जनाएका छन् ।















प्रतिक्रिया