३ कार्तिक २०८३, मंगलबार

बुटवलमा चित्रकला विचार गोष्ठी र पोष्टरकला प्रतियोगिता सम्पन्न

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Butbal1बुटवल, २४ फागुन । ‘हाम्रो सिर्जना थला, हाम्रै ललितकला’ भन्ने नाराकासाथ बुटवलमा चित्रकला विचार गोष्ठी तथा पोष्टरकला प्रतियोगिता आज सम्पन्न भएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौं, नेपाल कमर्सियल आर्टिष्ट संघ रुपन्देही र बुटवल साहित्य कला सस्कृति प्रतिष्ठानको आयोजनामा बुटवलको ग्लोबल पिस पार्कमा दुई दिवसीय कार्यक्रम गरिएको हो ।

कार्यक्रममा ललीतकला प्रतिष्ठानका प्राज्ञ एव वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख प्राज्ञ नारदमणि हार्तम छाली –(कलाङ)ले नेपाली चित्रकलामा लोक आधुनिक विम्व, संकेत र समसामयीकीकरण : हिजो आज र भोली विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

जसमा उनले चित्रकलामा युग सापेक्ष र नेपाली पन हुनुपर्ने बताए । कार्यपत्रमा प्रतिष्ठानका प्राज्ञ सदस्य लालकाजी लामाले टिप्पणी गरेका थिए । यसैगरी कलाकार मन गोल्डीले ललीतकलामा विगतदेखि वर्तमानसम्मको विवरणसहित रुपन्देही जिल्लामा ललीतकलाको विकास सम्बन्धि विशेष कार्यकपत्र प्रस्तुत गरे ।

सो कार्यपत्रको टिप्पणी गर्दै बुटवल साहित्य कला सस्कृति प्रतिष्ठानका अध्यक्ष दिपक ज्ञवालीले ललीतकलामा कलाकारहरुको आकर्षण रहेको तर व्यवसायीकीकरणका लागि बजारीकरण र राज्यको सहयोग नरहेको बताए ।

Butbalयसैगरी नेपालमा पोष्टरकलाको बारेमा प्रतिष्ठानका प्राज्ञ सदस्य ज्योतिप्रकाश विकले कार्यपत्र प्रस्तुत गरे ।

कर्मसियल आर्टिट संघ रुपन्देहीका अध्यक्ष एचबी रम्तेलको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल साहित्य कला सस्कृति प्रतिष्ठानका सल्लाहकार देवेन्द्र घिमिरे, उपाध्यक्ष गंगादत्त ढकाल, सचिव दलबहादुर गुरुङ, सो कार्यक्रमका संयोजक बेन थापा, पिस पार्कका सचिव नरेन्द्र भाइ लगायतले बोलेका थिए ।

कार्यक्रमको दोस्रो दिन आज कलाकारहरुबीच भएको पोष्टरकला प्रतियोगितामा विष्णुप्रसाद सुवेदी प्रथम, गंगादत्त ढकाल द्धितीय, खेम विक तृतीय भए । मन गोल्डी र विकास आचार्यले विशेष पुरस्कार पाए ।