४ कार्तिक २०८३, बुधबार

हात धुने बानी बसालौं

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । ‘हात धुने बानी बसालौं’ भन्दै चेतनामूलक सन्देश रेडियो, टीभीमा बज्दाताका ‘केही काम नपाएर हात धुन पनि सिकाउनुपर्छ ?’ भन्दै हाँस्ने जमात पनि थिए । यतिबेला फेरि त्यस्तै सन्देश सञ्चारमाध्यममा छन् । केही वर्षअघि झाडापखाला लगायतका रोगव्याधीबाट जोगिन सचेतनाको सन्दर्भ थियो, यो बेला कोभिड–१९ को छ ।

‘हात सफा राख्न सकेमात्रै पनि धेरै प्रकारका संक्रामक रोगबाट जोगिन सकिन्छ, अर्को सुरक्षित रहने तरिका हो भीडभाडबाट जोगिने,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे भन्छन्, ‘हात सफा नहुँदा फैलिने रोगमा कोरोना भाइरस रोग मात्रै होइन मौसमी रुघाखोकी, झाडापखाला, हैजा, जुका–चुर्ना, निमोनिया, टाइफाइड, क्षयरोग, छाला र आँखासम्बन्धी पनि थुप्रै प्रकारका छन् ।’

आँखाले हेर्दा सफा लागे पनि हातमा करोडौं सूक्ष्मजीव हुन्छन् । उनी भन्छन्, ‘श्वासप्रश्वासबाट हुने रोगभन्दा छिटो मान्छेलाई आफ्नै हात सफा नहुँदा लाग्न सक्ने रोगका जोखिम धेरै हुन्छन्,’ उनी भन्छन्, ‘केही खानुअघि र शौचालय गएपछि मात्र हात धुने बानीले मात्रै पुग्दैन । जुनसुकै बेला हात सफा राख्नैपर्छ ।’

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीस) का अनुसार हात धुनु आफैंले लिन सकिने एक प्रकारको खोप जस्तै हो । यसले झाडापखाला र श्वासप्रश्वाससम्बन्धी संक्रमण फैलिनबाट जोगाएर स्वस्थ रहन सघाउँछ ।

केही खास गतिविधिपछि नियमित रूपमा हात धोए आफूलाई बिरामी हुनबाट जोगाउनुका साथै अरू व्यक्तिमा कीटाणुको प्रसारलाई रोक्न सकिन्छ । संक्रामक रोगबाट सुरक्षाका लागि यो पहिलो पंक्तिको कवच हो ।

कोलोराडो विश्वविद्यालयमा गरिएको एउटा अनुसन्धानअनुसार औसत रूपमा हाम्रो हातमा १ सय ५० विभिन्न प्रजातिका ३२ सय ब्याक्टेरिया हुन्छन् । हातलाई राम्ररी सफा नगरिएको स्थितिमा हात मिलाउँदा, अर्कालाई छुँदा ब्याक्टेरिया अन्य व्यक्तिमा स्थानान्तरित हुन्छ । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।