
-मनोज दाहाल
विराटनगर, ५ चैत । कोरोना भाईरस (कोभिड १९) का संकास्पद विरामीको उपचारका लागि प्रदेश अस्पताल(कोशी)ले आजदेखि छ शैय्याको आइसोलेशन वार्ड सञ्चालनमा ल्याएको छ ।
अस्पतालका प्रमुख डा. संगीता मिश्राले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य सङ्घको मापदण्ड अनुसार एक सय मिटरको फरकमा तीन कोठामा दुई–दुई वेड रहने गरी छ शैय्या वार्ड सुरु गरिएको बताए ।
उनले आवश्यक्ताअनुसार थप चार शैय्याको व्यवस्था गर्न सकिने छ भने ।
डा. मिश्राले अस्पतालले कोभिड–९ प्रति सर्तकता अपनाउँदै विगत १० दिनका अवधिमा अस्पतालमा आउने प्रत्येक मानिसको ज्वरो नाप्न फिवर गनले परीक्षण, १० स्थानमा हातधुनका लागि सावुन पानीको व्यवस्था, छुट्टै फिवर केन्द्र सञ्चालन, स्वावको लागि ल्याव टेष्ट, र संकास्पद विरामीलाई क्वारेन्टाइन वा सेल्फ क्वारेन्टाइनमा पुर्याउन दुई वटा एम्वुलेन्सको तयारी अवस्थामा राखिएको जानकारी दिए ।
अस्पतालले वुधबारदेखि प्रवेशद्वारमा फिवर गनद्वारा तापक्रम परिक्षण(ज्वरो) परीक्षण गरी ज्वरो वढी भएका विरामीका लागि छुट्दै फिभर क्लिनिकमा भर्ना गरिने मेडिकल डा. मिश्राले जानकारी दिए । अस्पतालले तीन दिन अघिदेखि फिभर क्लिनिक सुुरु गरेको हो ।
शंकास्पद विरामीको नमूना संकलन गरी उक्त नमूना विशेष सुरक्षासाथ काठमाडौँ पठाउने त्यसको रिपोर्ट आउन ४८ देखि ७२ घण्टा लाग्ने भएकाले त्यो अवधि सम्म अस्पतालमा नै राखिने प्रवन्ध गरिएको अस्पतालका मेडिकल विभागका डा. दीपक सिग्देलले बताए ।
उनले बिरामी ‘सेल्फ क्वारेन्टाइन’ मा बस्न सक्ने छन् तर अस्पतालले विशेष सुरक्षा अपनाउने जानकारी दिए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले अहिलेसम्म देशभरबाट संकास्पद १ सय ३६ जनाको परीक्षण गरेको र सबैको रिपोर्ट कोभिड–१९ नेगेटिभ रहेको डा. सिग्देले जानकारी दिए ।
डा सिंगेलले निमोनियाको लक्षण जस्तो यसको पनि हुने जानकारी दिँदै क्यान्सर, उच्च ज्वरो आउनु, खोकी कफ सहित, सान फेर्न गाह्रो हुने र छाती दुख्ने यस्का प्रमुख लक्षण रहेको बताए ।
डा. सिग्देलले सवै ज्वरो कोरोना होइन, यसबाट जोगिन सतर्कता अपनाउँदै भीड भएको स्थानमा नजाने, सावुन पानीले हात धुने वानी बसाल्नाले यस रोगबाट ५० प्रतिशत बच्न सकिने जानकारी दिए ।
नेपालमा कोरोना भाइरस नआएकोले सर्वसाधारणलाई ढुक्क हुन आग्रह गर्दै सवै करोनावाट मृत्यु नहुने प्रमुख डा. मिश्राले बताए ।
डा. सिग्देलले कोरोना भाइरसका विरामीलाई भारतमा दिने औषधि क्लोरोक्वीन र ओसेन्टामिन औषधि अस्पतालसंग प्रयाप्त मात्रामा रहेको जानकारी दिए ।
नेपालमा रहेका सरकारी अस्पतालमध्ये यो रोगप्रति लडन् कोशीमा उच्चतम सुविधा रहेको डा. सिग्देलको भनाइ रहेको छ । दक्ष स्वास्थ्यकर्मीहरुको सुरक्षाप्रति ध्यान दिँदै स्वाव परीक्षणका लागि विशेष स्वास्थ्य उपकरण प्रयोग गरिने डा. मिश्राले बताए ।















प्रतिक्रिया