
काठमाडौँ, ५ चैत । सरकारलाई एसईईसँगै चैतमा हुने विश्वविद्यालयका पनि सबै परीक्षा स्थगित गर्न नेकपाको सचिवालय बैठकले सुझाव दिएको छ ।
वुधबार बैठकले एसईईसँगै चैतमा हुने विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको र यसको औपचारिक निर्णय भने सम्बन्धित मन्त्रालय दिइएको जनाइएको छ ।
त्रिवुभवन विश्वविद्यालयले भने परीक्षाको सम्बन्धमा अहिलेसम्म टुंगो नलागेको र परीक्षा सर्ने नसर्नेबारे भोलि निर्णय गरिने बताएको छ ।
वुधबार कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विश्वविद्यालयसहित बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र ११ वटै विश्वविद्यालयहरुको पठनपाठन चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो ।
त्यस्तै सरकारले सम्पूर्ण विद्यालयहरु तथा कलेजहरु चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय पनि गरिसकेको छ ।















प्रतिक्रिया