२ कार्तिक २०८३, सोमबार

एसईई परीक्षा स्थगित गर्ने सरकारको निर्णय

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ५ चैत । सरकारले चैत ६ गते बिहीबारदेखि हुने भनिएको एसईईको परीक्षा स्थगित गर्ने निर्णय गरेकाे छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले सो निर्णय गरेको हो ।

समितिले मानिसको भीडभाड धेरै हुने ठाउँहरु बन्द गर्ने निर्णय पनि गरेको छ ।

परीक्षामा हुने संवेदनशीलतालाई ध्यानमा राखेर अर्काे सूचना जारी नहुञ्जेलसम्मका लागि एसईई स्थगित गरिएको समिति संयोजक ईश्वर पोखरेलले जनाएका छन् ।

एसईई परीक्षामा ४ लाख ८२ हजार ७०७ जना परीक्षार्थी सहभागी हुन लागेका थिए । र यसअघि शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले एसईईको सम्पूर्ण तयारी पूरा भएको बताएका थिए ।

वुधबार नै सरकारले कलेज तथा विद्यालयहरु एक महिनाको लागि बन्द गर्ने निर्णय पनि गरेको थियो ।