२ कार्तिक २०८३, सोमबार

मुक्तिनाथ विकास बैंकको प्रदेश–५ मा विभिन्न सहुलियत

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ चैत । मुक्तिनाथ विकास बैंक लि.को प्रदेश–५ अन्तर्गत दाङ्ग, र्बिर्दया र बाँके जिल्लामा सञ्चालनमा रहेका विभिन्न होटेल, रिसोर्ट, क्याफे, रेष्टुरेन्ट तथा विद्यालयमा ग्राहक लक्षित विशेष सुहलियत सहितको सम्झौताहरुमा हस्ताक्षर भएको छ । सम्झौताहरु अनुसार मुक्तिनाथ विकास बैंकको भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुलाई विशेष छुट प्राप्त हुनेछ ।

बैंकका ग्राहकहरुले दाङको घोराहीको भिङग्रेली भिलेज रिसोर्टको सम्पूर्ण सेवामाा १०%, त्यस्तै तुलसीपुरका पार्क फुड क्याफे एण्ड लज प्रा.लि र डिलाईट कर्नर, द फेमिलि रेष्टुरेन्ट प्रा.लिमा पनि सम्पूर्ण सेवामा १०% छुट प्राप्त गर्नेछन् ।

त्यसैगरी, बर्दियाको गुलरीयाको कृष्णसार रिसोर्ट प्रा.लिमा खाना तथा पेय पदार्थमा २०% छुट पाउनेछन् भने कोहलपुर, बाँकेको ग्रीन पिस माध्यामिक विद्यालयमा विद्यार्थी भर्ना शुल्कमा २५% सम्मको ग्राहकहरुले छुट पाउने भएका छन् ।

यस विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।

साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग, आस्वा सेवा, निःशुल्क डिम्याट खाता लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बताएका छन् ।