३ कार्तिक २०८३, मंगलबार

राजधानीमा पारिवारिक निजी वन किसान महासंघ गठन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

photoकाठमाडौं, २४ फागुन । वन संरक्षण गर्ने उद्देश्यले राजधानीमा पारिवारिक निजी वन किसान महासंघ गठन गरिएको छ ।

नेपालमा पारिवारिक निजी वन किसानहरुको राष्ट्रिय सम्मेलनले आइतबार वन संरक्षणकर्मी जोगराज गिरीको संयोजकत्वमा १५ सदस्यीय पारिवारिक निजी वन किसान महासंघ गठन गरेको हो ।

१५ सदस्यीय महासंघको उपाध्यक्षमा इन्दिरा घिमिरे, महासचिवमा पिताम्वर सिग्देल,सचिवमा सुजाता कार्की, कोषाध्याक्षमा कुल प्रशाद चापागाई (मधु)लाई चयन गरिएको छ ।

यस्तै, सदस्यहरुमा वुदी प्रसाद उप्रेती, गा्ेविन्द शाही, वन माया चेपाङ्ग, हिमाल पाठक, गगन वहादुर सिंह, मन कुमार विक, रामचन्द्र ठाकुर, खुम सुवेदी र गणेश कुमारी हमाललाई चयन गरिएको महासचिव पिताम्बर सिग्देलले जानकारी दिनुभयो ।

देशभरीका ५० जिल्लाका प्रतिनिधी संलग्न सम्मेलनले नेपालमा परिवारिक निजी वनका समस्या र किसानका अधिकारमाथि छलफल समेत गरेको थियो ।

photo (1)समितिमा आफ्नो घरबारीमा रुख विरुवा तथा निजी वनमा जंगल भएका विभिन्न पेशा र व्यवसायका किसानहरु संलग्न छन् ।
यस्तै, सम्मेलनले ११बुँंदे घोषणा पत्रसमेत जारी गरेको छ ।

घोषणा पत्रमा पारिवारिक वन भएका किसानको अधिकार र सरकारी नियन्त्रणको विरोध गरेको छ । आफ्नो खेतबारीमा रुख विरुवा तथा जडिबुटी भएका किसानले यस्ता वनको संरक्षण र विस्तारको अभियान थाल्ने प्रतिबद्धता समेत सम्मेलनले व्यक्त गरेको छ ।

सम्मेलनले नेपालमा निजी वन किसानका अधिकारका लागि सरकारलाई दवाव दिनुपर्ने निष्कर्ष निकालेको छ ।

पारिवारिक वन भएका किसानहरुले आफ्नो बारीमा भएको आपको फल बेच्न कुनै समस्या नहुने तर बुढो भएको आपको रुख काट्न कानुनले झन्झटिलो बनाइदिएको उदाहरण प्रस्तुत गर्दै त्यसको दीर्घकालिन समाधानका लागि सरल नीति बनाउनुपर्नेमा जोड दिएको छ ।

सम्मेलनले सरकारलाई निजी किसानमैत्री नीति र कार्यक्रमको खाँंचो पनि औंल्याएको छ ।

पारिवारिक निजी वनबाट उत्पादित वन पैदावारजन्य उपजलाई कृषि उपजको रुपमा लिइने कानूनी व्यवस्था गरी निजी वनबाट उत्पादित् वन पैदावार कृषि उपज सरह विक्री वितरण गर्न पाउने व्यवस्था गर्नका लागि वन तथा कृषिसम्बन्धी विद्यमान कानून परिमार्जन गरी उपयुक्त व्यवस्था गर्नका लागि नेपाल सरकार समक्ष सम्मेलनले अनुरोध गरेको छ ।