२ कार्तिक २०८३, सोमबार

१८ वर्ष अघि आफ्नै सौतेनी आमाको हत्या गर्ने पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ चैत । प्रहरीले १८ वर्ष अघि आफ्नै सौतेनी आमाको हत्या गरेर फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ ।

धादिङ्गको थाक्रे गाउँपालिका वडा नं. ६ रानीबारी बस्ने ५८ वर्षीय रण बहादुर थापालाई महानगरीय अपराध व्यूरोबाट खटिएको टोलीले घटना घटेको १८ वर्षपछि आज पक्राउ गरी आवश्यक कारवाहीको लागि आजै जिल्ला प्रहरी कार्यालय धादिङ्गमा बुझाईएको महाशाखाले जनाएको छ ।

धादिङ्गको थाक्रे गा.पा. वडा नं. ६ रानीबारी बस्ने रण बहादुर थापाको बुबा सर्वजित थापाको सवारी दुर्घटनामा परी मृत्यु भए पश्चात निजको कान्छी श्रीमती साईली थापालाई वि.सं. २०५८ माघ १४ गते सौतेनी छोरा रण बहादुर थापाले अंश सम्बन्धी विवाद हुँदा हत्या गरेका थिए ।

आफ्नै घर भित्र घाँटी थिची हत्या गरी लामो समयदेखि काठमाडौँको टेकुमा लुकेर बस्दै गरेको प्रहरीले जनाएको छ ।