४ कार्तिक २०८३, बुधबार

प्रदेश २ लाई ‘विशेष प्रदेश’ किन चाहियो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ चैत । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का रघुजी पन्तले प्रदेश २ आफैंले गर्नसक्ने काम नगरेर मुलुकलाई विखण्डन र भड्काउको प्रस्ताव संसद्मा दर्ता गरेको आरोप लगाएका छन् ।

सत्तारूढ नेकपाकै सांसद प्रभु साहसहितका सांसदले प्रदेश २ लाई ‘विशेष प्रदेश’ घोषणा माग गर्दै सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकोप्रति असन्तुष्टि जनाउँदै पार्टीभित्र त्यस विषयमा गम्भीर छलफल आवश्यक रहेको औंल्याएका छन्।

कर्णाली प्रदेशको आर्थिक विकास र समुन्नतिका लागि किन विशेष प्रदेश घोषणाको माग गरिएन भन्ने प्रश्न गर्दै पन्तले मधेस प्रदेशलाई टुंक्राउने गरी प्रस्ताव आएको त होइन भन्ने आशंका व्यक्त गरे।

यस्तो प्रस्तावमा नेकपाकै सांसद कसरी सहभागी भए भन्ने जनाउँदै पन्तले भने, ‘सांसदले जे पायो त्यही संसद्मा लाने काम ठिक भएन।’ पार्टीमा छलफल नगरी विगतमा आफूहरूले कुनै पनि प्रस्ताव दर्ता नगरेको सुनाउँदै पार्टीभित्र कुनै पनि विशेषमा व्यापक छलफल नहुँदा जसले जे पायो त्यही प्रस्ताव दर्ता गर्न थालेको टिप्पणी गरे। नागरिक दैनिकले खबर छापेकाे छ ।