२ कार्तिक २०८३, सोमबार

सिरहामा ९ जनामाथि काेरोना संक्रमणको आशंका, परीक्षणका लागि जनकपुर पठाइयो

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

सिरहा, ३ चैत । कोरोना भाइरस संक्रमणकाे परीक्षणका लागि ९ जनालाई सिरहाबाट परीक्षणको लागि जनकपुर पठाइएको छ ।

सिरहा नगरपालिका –१० का ९ जना बिरामीमा कोरोना संक्रमणका लक्षणहरु देखिएकोले थप परीक्षणका लागि जनकपुर पठाइएको जनाइएको छ ।

रोजगारीका क्रममा भारतमा रहेका उनीहरु केही दिन अघि भारतबाट फर्किएको र उनीहरुमा रुघाखोकी तथा ज्वरो आएको थियो । उनीहरुमा लगातार कोरोनाको जस्तै लक्षण देखिएपछि गाउँ नै आतंकित भएको र थप पुष्टिका लागि जनकपुर पठाइएको हो ।