१ कार्तिक २०८३, शनिबार

एआइजी भण्डारीलाई प्रहरी निमित्त महानिरीक्षकको जिम्मेवारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajendra-singh-bhandari

काठमाडौं, २४ फागुन । एआईजी राजेन्द्रसिंह भण्डारीले नेपाल प्रहरीको निमित्त महानिरीक्षकको जिम्मेवारी पाएका छन् ।

महानिरीक्षक उपेन्द्रकान्त अर्याल आइतबार चीन भ्रमणमा निस्किएकाले भण्डारीले निमित्त प्रहरी प्रमुखको जिम्मेवारी पाएका हुन् । उनी बरियतामा सिनियर एआईजी हुन् ।

आईजीपी अर्याल र एआईजी भण्डारी कुनै बेलाका घनिष्ट मित्र थिए । तर, आईजीपीको बढुवाको बेला उनीहरु दुईजनाको सम्बन्धमा चिसोपना आएको थियो ।

आइजीपी भण्डारी चीन सरकारको निमन्त्रणामा एकहप्ते औपचारिक भ्रमणमा निस्केका छन् । आइजीपी अर्यालको अनुपस्थितिमा एआईजी भण्डारीले एक हप्ता संगठन चलाउनेछन् ।