२ कार्तिक २०८३, सोमबार

आउँदो तीन वर्षमा चाँगुनारायण उत्कृष्ट शहर बन्छ : मन्त्री नेम्बाङ

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ३ चैत । लिच्छिविकालीन राजा मानदेवद्धारा निर्मित चाँगुनारायण मन्दिर जाने ऐतिहासिक मानदेव पथ सडकको भौतिक पूर्वाधार तथा यातायात एवम सहरी विकास मन्त्री बसन्तकुमार नेम्बाङले उद्घाटन गरेका छन् । भक्तपुरको व्यासी, झौखेल, गेलालगाउँ हुँदै चाँगुनारायण मन्दिर जोड्ने पक्की सडकको आज रिबन काटेर उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेम्बाङले चाँगुनारायण मन्दिर क्षेत्र ऐतिहासिक रहेको बताए । उनले भने “चाँगुनारायण ऐतिहासिक ठाउँ हो । पर्यटकिय रुपमा पनि यस क्षेत्रको ठूलो महत्व रहेको छ जहाँ नगरकोट छ ।”

उनले नगरकोट जाने बाटो चाँडै सम्पन्न हुनु पर्ने धारण राखे । उनले भने “नगरकोट पर्यटनको एउटा प्रमुख केन्द्र हो । त्यसलाई हरियाली बनाउनु पर्छ । धुलो रहित कालोपत्रे बाटो बनाइनु पर्छ र पर्यटकका लागि सहज पहुँच मार्ग बनाइनु पर्छ तर केही समस्या भएको छ । हामी लागि रहेका छौँ ।” उहाँले त्यसलाई नीतिगत रुपमा चाँडै टुंग्याएर नगरकोट आउने पर्यटकहरुलाई सहज बनाइने उल्लेख गरे ।

भक्तपुरको समग्र विकास गर्न वडा अध्यक्ष, पालिका प्रमुख, साँसद सबै जनप्रतिनिधिहरु अत्यन्तै सक्रियतापूर्वक लागेको जानकारी पाउँदा अत्यन्तै खुशी लागेको बताउँदै ।

यसरी नै सबै जनप्रतिनिधिहरु लागे सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले सार्नु भएको सपना र चालेको महाअभियान समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियान पुरा हुन्छ भन्ने उदाहारण भक्तपुरले देखाएको उल्लेख गरे ।

भक्तपुरदेखि काठमाडौँ जोड्ने नाका कोटेश्वरको जामलाई अस्थायी रुपमा समाधान गर्न जडिबुटीदेखि कोटेश्वरसम्म चार लेनबाटो खोल्न ठेक्का लगाइएको उल्लेख गर्दै दिर्घकालिन समाधानका लागि तयारी गरिएको पनि बताए ।

“एयरपोर्टबाट अन्डरपास निकालेर जडीबुटी जोड्नुपर्छ, त्यसको प्रारम्भिक काम शुरु भएको छ, जाइकाले अध्ययन शुरु गरेको छ, तीन वर्षमा यो काम सक्ने लक्ष्य लिएका छौँ ।”

मन्त्री नेम्बाङले विकासको अभियन्ता युवा नेता महेश बस्तेतलाई भक्तपुरले पाएको भन्दै उनले भक्तपुर विकासमा चालेको कदमको प्रशंसा समेत गरे ।

कार्यक्रममा सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले चाँगुनारायण नगरपालिकामा कालोपत्र गर्ने अभियान शुरु भएको उल्लेख गर्दै आउँदो तीन वर्षमा चाँगुनारायण उत्कृष्ट शहर बन्ने दाबी गरे ।

उनले भने “एक लाख रोपनी जग्गामा स्मार्ट सिटी यहीँ बन्दैछ, चाँगुनारायण इञ्जिनियरिङ कलेज नगरपालिकाले चलाउँदैछ, झौखेल चाँगुको ज्योर्ति्लिङ्गेश्वरमा रु नौ करोडको बजेटमा सडक कालोपत्र हुँदैछ”, ७०० रोपनीमा वीर अस्पताल बन्दैछ, रातो किताबमा भर्खरै २० सडकका योजना थप गरेका छौँ ।”

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, नगर प्रमुख सोमप्रसाद मिश्रले समेत धारण राखेका थिए ।

कार्यक्रममा ठेक्का सम्झौता मिति भन्दा अगावै निर्माण सम्पन्न गरेकोमो खरिढुंगा निर्माण कम्पनीका निर्देशक विरेन्द्र थापालाई सम्मान गरिएको थियो ।