२ कार्तिक २०८३, सोमबार

साढे ६८ लाखको जरिवाना नबुझाइ फरार रहेकी अभियुक्त पक्राउ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ चैत । विदेशी विनिमय मुद्दामा ६८ लाख ६२ हजार ४ सय १३ रुपैयाँको जरिवानाको फैसला भएकी एकजना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक जिल्ला अदालतले २०७१ साउन २० गते सिन्धुपाल्चोक भोटेकोशी गा.पा. वडा नं. ३, बस्ने साङ्डोमा शेर्पालाई उक्त रकम जरिवाना हुने ठहर गरेको थियो ।

शेर्पा भने उक्त सजाय वेरुजु रही फरार भएको हुँदा उनलाई चैत २ गते स्वयंभूबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालतमा पेश गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जनाएका छन् । शेर्पालाई अदालतको आदेशअनुसार केन्द्रिय कारागार कार्यालय जगन्नाथदेवलमा पठाइएको पनि पाण्डेले जनाएका छन् ।