३ कार्तिक २०८३, मंगलबार

अधिवेसनको मुखमा अनेरास्ववियु रुपन्देहीमा विवाद, विद्यार्थी नेताहरु आ-आफ्नै गुटमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-sangभैरहवा, २४ फागुन । नेकपा एमाले निकटको विद्यार्थी मोर्चा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रुपन्देहीमा विवाद चर्किदै गएको छ ।

संगठनको २२औं अधिवेशनको फागुन २९ र ३० गते बुटवलमा आयोजना गर्ने घोषणा मिति नजिकिदै जाँदा प्रतिनिधी छनौटको विषयमा अत्यन्तै विवाद देखिएको हो ।

विवाद स्वरुप संगठनका क्षेत्रीय कमिटीहरु समानान्तर रुपमा एउटै क्षेत्रमा २ वटा गठन हुन थालेका छन् । नेतृत्व लागी विद्यार्थी नेताहरु सन्दिप विक र कृष्ण खनालबीच हानथाप बढेपछि गत वर्षको मंसिरमा हुनुपर्ने अधिवेशन अहिले हुन थालेको हो ।

अनेरास्ववियुको सांगठनिक संरचना निर्माणमा अत्यन्त प्रभाव पार्ने लुम्बिनी अञ्चलकै एमाले नेताहरु खिमलाल भट्टराई, ठाकुर गैरे र रामकुमारी झाक्रिको सहमति वेगर रुपन्देहीको अखिल नेतृत्व सर्वसम्मत नहुने पक्का देखिन्छ ।

अखिलका पुर्व केन्द्रिय अध्यक्षद्धय भट्टराई, गैरे र झाक्रि तिनै जना आफु निकटका विद्यार्थी नेतालाई जिल्ला नेतृत्वमा ल्याउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा भूमिका खेलिरहेको बुझिएको छ ।

स्रोतका अनुसार विकलाई भट्टराईले सहयोग गर्ने बुझिएको छ भने खनाललाई गैरे र झाक्रिले । खनाललाई अध्यक्ष बनाउनेकी , विकलाई भनेर अहिले रुपन्देही कार्य क्षेत्र भएका अखिल नेताहरु दिनरात लागी रहेका छन् ।

अखिलका केन्द्रिय सचिवलाय सदस्य बसन्त ढकाल ,केन्द्रिय सदस्य तथा रुपन्देही इन्चार्ज यमराज पाण्डे र पूर्व केन्द्रिय सदस्य किसन ज्ञवाली लगायतको समुहले विकलाई अध्यक्ष बनाउनको लागी तयारी गरिरहेका छन् ।

यस्तै, संगठनका पुर्व केन्द्रिय सचिवालय सदस्य बाबुराम पन्थी, अन्चल सचिव सरोज पोखरेल, रापस विक्रम बस्याल, रापस सदस्य मोहन विक, रापस सृजना क्षेत्री, पुर्वकेन्द्रिय सदस्य उमा अधिकारी, पुर्व केन्द्रिय सदस्य महेन्द्र गिरीको समुहले खनाललाई अध्यक्ष बनाउने पहल गरिरहेका छन् ।

जिल्ला अधिवेशन अगाडी सम्पन्न भइरहेका क्षेत्रीय अधिवेसनमा पनि अखिलको विवाद देखिएको छ । खनाल पक्ष र विक पक्ष भन्दै विद्यार्थी नेताहरु खुलेर एक अर्काप्रति बैचारिक आरोप प्रत्यारोप मात्रै नभएर हात हालाहालको स्थितीमा समेत पुगेका छन् ।

गएको हप्ता फागुन १४ गते रुपन्देही क्षेत्र नम्बर ६मा क्षेत्रीय अधिवेशन गरिरहदा विक पक्षले खनाल पक्षमाथी हात हालेको भन्दै खनाल पक्षले अधिवेसन नै बहिस्कार गरेको थियो ।

सो विषयलाई लिएर खनाल पक्षले क्षेत्र नम्बर ६ को अधिवेशनको सन्दर्भमा भएका आक्रमण तथा विवादको आवश्यक जांचबुझ गरी कारबाहिको लागी पार्टी जिल्ला कमिटी, अखिल केन्द्रिय कमिटीमा निवेदन दिने तयारी गरेको जिल्ला सम्मेलन आयोजक कमिटीका सदस्य शशि पन्थीले जनाएका छन् ।

एमालेका उपमहासचिवद्वय घनश्याम भुसाल र विष्णु पौडेलको निर्वाचन क्षेत्रहरु क्रमशः रुपन्देही ३ र ४ मा अखिलको क्षेत्रीय अधिवेसन झन विवादीत हुन पुगेको छ ।

सर्वसम्मत क्षेत्रीय नेतृत्व चयन हुन नसकेपछि विवादकाबीच समानान्तर कमिटी गठन भएका छन् । खनाल पक्षले क्षेत्र नम्बर ३ मा दीपक पोखरेल र क्षेत्र नम्बर ४ मा साजन भण्डारीको नेतृत्वमा क्षेत्रीय कमिटी चयन गरेको बताएको छ भने विक पक्षले क्षेत्र नम्बर ३ मा सागर सापकोटा र क्षेत्र नम्बर ४ नवराज थापाको नेतृत्वमा क्षेत्रीय कमिटी अधिवेसनबाट चयन भएको जनाएको छ ।

एमालेका उपमहासचिवद्वयकै क्षेत्रमा विद्यार्थीहरुबीच किचलो बढ्दा पार्टीको जिल्ला कमिटीमा पनि यसको प्रभाव पर्ने देखिएको छ । समान्तर कमिटीको कुनै आधिकारिकता नभएको अनेरास्ववियुका जिल्ला संयोजक समेत रहेका अध्यक्षका प्रत्यासी सन्दिप विकले बताए ।

उनले भने केही साथीहरुको असन्तुष्टि स्वरुप यस्तो कुरा बाहिर आएको होला । यता पार्टी र संगठनभित्र भएको सहमति उल्घंन गरि क्षेत्रीय अधिवेशनमा हस्तक्षेप गरी एकतर्फी रुपमा नेतृत्व चयन गरेकोले समानान्तर कमिटी गठन गरेको जिल्ला सहसंयोजक समेत रहेका अध्यक्षका अर्का प्रत्यासी कृष्ण खनालले जनाएका छन् ।

खनालले राजनीतिक वेइमानी भएको टिप्पणी गरे । यता एमाले जिल्ला सदस्य तथा विद्यार्थी इन्चार्ज ऋषि पाण्डेले क्षेत्रीय अधिवेशनबाट नेतृत्व चयन गर्ने विषयमा केही असहमति भएको तर समानान्तर कमिटीको विषयमा आफुलाई जानकारी नभएको बताए ।

करिब ३ सय २० जना प्रतिनिधी रहने जिल्ला अधिवेशनको प्रतिनिधी छनौटमा क्षेत्रीय अधिवेशन प्रभावकारी हुनेहुँदा विवाद देखिएको बुझिएको छ ।

यसरी क्षेत्रीय अधिवेसनमै विवाद देखिएपछि जिल्ला अधिवेसनमा यसले उग्र रुप लिनसक्ने तर्फ संकेत गर्दै पार्टीको नेतृत्व र संगठनका नेताहरु जिम्मेवारपूर्वक गम्भिरतापूर्वक आजैदेखी लाग्नुपर्ने विद्यार्थीहरुले जनाएका छन् ।

– क्षेत्रीय कमिटीमा को को ?

विक पक्षले अखिल केन्द्रिय सचिवालय सदस्य बसन्त ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले क्षेत्र नम्बर ३ मा अध्यक्ष सागर सापकोटा, उपाध्यक्ष आशिष पाठक, सचिव विजय भण्डारी, कोषाध्यक्ष दिप नरेश यादव, सह–सचिवमा आयुसा घिमिरे, लक्ष्मण बस्याल र प्रेमराज पौडेल सहितको क्षेत्रीय नेतृत्व चयन गरेको जनाएको छ ।

खनाल पक्षले राष्ट्रिय परिषद सदस्य मोहन विकको प्रमुख आतिथ्यमा दिपक पोखरेल अध्यक्ष, उपाध्यक्षमा आशिष पाठक, सचिवमा जीवन भण्डारी, सह-सचिवमा आयुषा घिमिरे, प्रदिप कँडेल प्रेमराज पौडेल र कोषाध्यक्ष दिप नरेश यादव लगायतको नेतृत्व चयन गरेको जनाएको छ ।

यसैगरी क्षेत्र नम्बर ४ मा खनाल पक्षले अध्यक्षमा साजन भण्डारी, उपाध्यक्ष प्रकाश न्यौपाने, सचिव कृष्ण घिमिरे, सह-सचिवमा रोशनी के.सी, सुमन बस्याल र विवेक गौतम, कोषाध्यक्ष सागर बस्यालको नेतृत्व चयन गरेको जनाएको छ ।

विक पक्षले नवराज थापा अध्यक्ष, उपाध्यक्ष विजु उपाध्यय, सचिवमा नारायण पराजुली, सह-सचिवमा सिन्धु पाण्डे, प्रकाश न्यौपाने र बालकृष्ण पोखरेल , कोषाध्यक्ष कृष्ण घिमिरे नेतृत्व चयन गरेको जनाएको छ ।