
काठमाडौं, ३ चैत । प्रहरीले काठमाडौं सतंगलबाट ६ लाख थान लुकाएर राखेको मास्क बरामद गरेको छ ।
चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवी गोदामबाट उक्त परिमाणको मास्क बरामद गरेको हो । यसअघि कपनबाट १ लाख ६८ हजार थान र डल्लुबाट ७८ हजार थान मास्क बरामद भएको थियो ।
कालोबजारी गरेर महँगो मूल्यमा बेच्न राखिएका मास्क छापा मारेर बरामद गरिएको प्रहरीले जनाएको छ ।
कोरोना भाइरसको महामारीले विश्वव्यापी रुप लिन थालेपछि मास्कको माग बढेको तर व्यापारीहरुले लुकाएर महँगो मूल्यमा मास्क बेच्दै आएका छन्।















प्रतिक्रिया