
काठमाडौँ, २ चैत । सरकारले २६ जना प्रमुख जिल्ला अधिकारीहरू (सिडिओ)को सरूवा गरेको छ ।
गृह मन्त्रालयले आइताबार जारी गरेको विज्ञप्तिमा २६ जना सिडिओहरुको सरुवा गरिएको जनाएको छ ।
मन्त्रालयले मकवानपुरका प्रजिअ नारायण प्रसाद भट्टलाई गृहमन्त्रालयमा सहसचिवका रूपमा सरूवा गरेको छ भने उनको ठाउँमा सहसचिव रहेका दिपकराज नेपाल सिडिओको रुपमा खटाइएको छ ।
त्यस्तै, मन्त्रालयमा कार्यरत दुई सहसचिव हिरालाल रेग्मी र हरि प्रसाद रेग्मीलाई राष्ट्रिय विपद जोखिमन्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबारमा सरूवा गरेको हो ।
को कहाँ पुगे ?
















प्रतिक्रिया