
काठमाडौँ, २ चैत । ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँ महानगरपालिका १ केशरमहल चोकमा ट्राफिक व्यवस्थापन डिउटीमा खटिएका प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने बा.२८ प ४०२८ नम्बरको मोटरसाईकल चालक काठमाडौँ पेप्सीकोला बस्ने ४७ वर्षीय प्रेमनाथ सेढाईलाई प्रहरीले पक्राउ गरेको हो ।
यही चैत १ गते दिउँसो केशरमहल चोकमा चेक जाँचको क्रममा मोटरसाईकलको कागजपत्र नभएकोले कारवाही गर्न खोज्दा सेढाईले प्रहरीलाई नगद ४ हजार रुपैयाँ दिई कारवाहीबाट बच्न खोजेका थिए । नगदसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया