
काठमाडौँ, २ चैत । प्रहरीले ७८ हजार माक्स कालोबजारी गर्ने ८ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त बानेश्वर र स्वयम्भुबाट खटिएको प्रहरी टोलीले यही चैत १ गते दिउँसो काठमाडौँ महानगरपालिका १५ डल्लु आवासमा मिन्टु तामाङ्गले संचालन गरेको माहाकाल मन्जु श्री ट्रेर्डसबाट ७८ हजार थान माक्ससहित ८ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काभ्रे, रोसी गाँउपालिका ७ घर भई काठमाडौँ महानगरपालिका १५ स्वयम्भू बस्ने ३० वर्षीया मिन्टु तामाङ्ग, ललितपुर सातदोवाटो बस्ने ३५ वर्षीया मानकाजी लामा, रामेछाप, गोकुलगंगा गाउँपालिका २ घर भई काठमाडौँ सानो भर्याङग् बस्ने २३ वर्षीया अनिष कार्की, बाजुरा, छेदे दह गाउँपालिका ६ घर भई ललितपुर एकान्तकुना बस्ने २१ वर्षीया थुमराज उपाध्याय, काठमाण्डौँ कोटेश्वर बस्ने २५ वर्षीया निर्प कार्की, काठमाडौँ नागार्जुन नगरपालिका २ सानो भर्याङ्ग बस्ने २८ वर्षीया उज्जल अधिकारीको, रामेछाप घर भई हाल ललितपुर पाटन बस्ने २४ वर्षीया शिव खडका र काभ्रे, रोसी गाँउपालीका ७ घर भई काठमाडौँ महानगरपालिका १५ स्वयम्भु बस्ने २० वर्षीया निशान तामाङ्ग छन् ।
सुचनाको आधारमा खटिएको प्रहरी टोलीले बजारमा कृत्रिम अभाव हुने गरि फेस माक्स लुकाई छिपाई बढि मुल्यमा निजहरूले बिक्री वितरण गरी रहेको अवस्थामा ७८ हजार थान माक्स बरामद गरेको हो ।
प्रारम्भिक अनुसन्धानमा रु ५ भन्दा कम पर्ने माक्सलाई मुल्य रु ३१ कायम गरि बिक्री वितरण गर्न लागिरहेको देखिएको र निजहरुलाई कालोबजारी ऐन अन्तर्गत कारवाही हुने महानगरीय प्रहरी प्रहरी परिसर काठमाडाँैले जनाएको छ ।
साथै खाद्यान्य औषधीजन्य लगायतका चिजवस्तुहरुको कृतिम अभाव सृजना गर्ने भण्डार गरि लुकाउने र कालोबजारी गर्ने गरेको सुचना भए प्रहरी कार्यालय समेत जानकारी गराउन महानगरीय प्रहरी परिसर काठमाडौँ आम सर्वसाधारणलाई अनुरोध गरेको प्रवक्ता एवं वरिष्ठ उपरीक्षक श्याम लाल ज्ञवालीले जनाएका छन् ।















प्रतिक्रिया