२ कार्तिक २०८३, सोमबार

हल्दिबारी गाउँपालिकाले विद्यार्थीलाई दिवा खाजा खुवाउने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

हल्दिबारी, १ चैत । हल्दिबारी गाउँपालिकाले सामुदायिक विद्यालयका बाल कक्षादेखि ५ कक्षासम्मका बालबालिकालाई दिवा खाजाको व्यवस्था गर्ने भएको छ ।

शुक्रबारबाट सुरु भएको छैठौँ गाउँ सभाको बैठकले सो निर्णयलाई सर्वसम्मत पारित गरेको गाउँपालिका उपाध्यक्ष तथा शिक्षा समितिको अध्यक्ष डम्बर बहादुर गिरीले बताएका छन् ।

गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको भर्नादर बढाउन निम्न आर्थिक स्रोत भएका परिवारका बालबालिकालाई निर्धारित प्रति विद्यार्थी २० रुपैयाँको खाजा उपलब्ध गराउने भएको हो ।

हल्दिबारी गाउँपालिकाले सामुदायिक विद्यालयहरुमा अङ्ग्रेजी माध्यमबाट अध्ययन अध्यापन सुरु गरेको छ भने सबै सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा, अतिरिक्त क्रियाकलाप (योग, कवड्डी, करातेलगायत) का शिक्षकहरु व्यवस्थापन गराई गुणस्तर सुधार्न प्रयत्नशील रहेको देखिन्छ ।

आजको गाउँसभाले दिवा खाजाको लागि वैशाख, जेष्ठ र असारको निम्ती २५ लाख रुपैयाँ बजेट विनियोजन समेत गरेको छ । त्यस्तै गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत २ हजार विद्यार्थीहरुलाई स्वच्छ, स्वस्थ र ताजा दिवा खाजा खुवाउने जनाइएको छ ।

शिक्षा क्षेत्रमा भएको यस्ता सुधारले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढ्न थालेको र अभिभावक र विद्यार्थीहरुको रुचि पनि देखिन थालेको स्थानीयहरु बताउँछन् ।

यही दुई वर्षको अवधिमा गाउँपालिकामा शिक्षा क्षेत्रमा ७ कराेड रुपैयाँकाे लगानीस्वरुप विद्यालयमा उल्लेखनीय सुधार भएको स्थानीय शिक्षाप्रेमीहरु बताउँछन् ।